झुल्किइन् प्रिटी

आइतबार, १५ फागुन २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
झुल्किइन् प्रिटी

बलिउड अभिनेत्री प्रिटी जिन्टा मिडियाबाट टाढा हुन थालेको धेरै भयो । कसैलाई थाहै नदिई उनले सुटुक्क बिहे गरिन् । बिहेको समाचार चुहिए पनि उनले बिहेको तस्बिर सार्वजनिक गरिनन् ।
बिहेपछि एकाध पटक सार्वजनिक रूपमा देखापरेकी उनी पुनः बेपत्ताजस्तै भएकी थिइन् । लामो समयपछि अहिले आएर उनी पुनः सार्वजनिक भएकी छिन् ।
हालसालै उनले आफ्नो जन्मदिन मनाइन् । जन्मदिन मनाउँदै गर्दा खिचेका उनका केही थान तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी खुकुलो कपडामा देखा परेकी छिन् । ‘कतै खुकुलो कपडा उनी गर्भवती भएको कुराको संकेत त होइन ?’ एउटा भारतीय दैनिकले लेखेको छ ।

 

Leave A Comment