युरिक एसिड कम गर्ने घरेलु उपाय

शनिबार, १४ फागुन २०७३, ०१ : १८ शुक्रवार , Kathmandu
युरिक एसिड कम गर्ने घरेलु उपाय

युरिक एसिड बढेमा हड्डी, जोर्नी आदि एकदमै दुख्छन् । घरेलु उपाय अपनाएर युरिक एसिड कम गर्न सकिन्छः
कागती
कागतीमा छार पाइन्छ । छारले युरिकलाई कमजोर पार्छ र शरीरलाई राहत दिन्छ । कागतीमा पाइने भिटामिन सीले शरीरमा युरिक एसिडको मात्रासमेत घटाउँछ । मनतातो पानीमा कागती निचोरर बिहान खाने गर्नाले केही दिनमा युरिक एसिड कम भएको महसुस हुन्छ ।
गहुँको जमरा
गहुँको जमरामा भिटामिन सी, क्लोरोफिल र पाइटोकेमिकल नामक तŒव पाइन्छन् । जसले शरीरलाई विकाररहित बनाउँछ । दुई चम्चा गहुँको जमराको जुस कागतीको रसमा मिसाइ खानाले युरिक एसिडबाट  राहत मिल्छ ।
बेकिङ सोडा
बेकिङ सोडा खानाले शरीरभित्र जम्मा भएको युरिक एसिड पानीमा घुलेर किड्नी हुँदै शरीरबाहिर निस्किन्छ । आधा चम्चा बेकिङ सोडा एक ग्लास पानीमा मिसाएर दिनमा चार पटक दुई सातासम्म लगातार पिउँदा युरिक एसिड कम हुन्छ ।
एप्पल सिडर भिनेगर
बजारमा एप्पल सिडर भिनेगरले शरीरमा जम्मा भएका विकार हटाउने, युरिक एसिडको दुखाइ कम गर्छ । यसमा मेलिक एसिड पनि पाइन्छ । जसले युरिक एसिड कम गर्छ । एप्पल सिडर भिनेगर खानाले शरीरमा छारको मात्रा बढ्छ, जसले एसिडलाई कम गर्छ । एक चम्चा एप्पल सिडर भिनेगर एक ग्लास पानीमा मिसाएर दिनमा दुई÷तीन पटक खानाले युरिक एसिड कम हुन्छ ।

Leave A Comment