कर्मचारीलाई खुशी पार्ने कम्पनी

शनिबार, १४ फागुन २०७३, ०१ : ०० शुक्रवार , Kathmandu
कर्मचारीलाई खुशी पार्ने कम्पनी

विश्वका चर्चित प्रविधि कम्पनीहरूमा काम गर्ने कर्मचारीको तलब, भत्तालगायत सुविधा लोभलाग्दा छन् । तर, पैसा धेरै पाउँदैमा कर्मचारीहरू खुशी भइहाल्छन् भन्ने छैन । कतिपय कम्पनी कम चर्चित वा कम नाफावाल किन नहोउन् तर कर्मचारीको आत्मसन्तुष्टिका लागि भने निकै धेरै उपाय अपनाएका हुन्छन् ।
जागिरको खोजीमा सहयोग गर्ने चर्चित अनलाइन ग्लासडोरले केही समयअघि त्यस्ता प्रविधि कम्पनीहरूको सूची तयार पारेको थियो, जसका कामदार सबैभन्दा खुशी छन् । जसमा गुगल, फेसबुकजस्ता कम्पनी केही पछि परेका छन् ।
एयरबीएनबी
यो अनलाइन कम्पनी हो । यसले मानिसलाई बसोबासका लागि होटल खोज्न सहयोग गर्छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको यो कम्पनीले विभिन्न १ सय ९० देशमा सेवा पु¥राउँदै आएको छ । कर्मचारी सन्तुष्टि तथा खुशीको कुल ५ नम्बरमा यसले ४.६ अंक पाएको छ ।
गाइडवायर
अमेरिकाको क्यालिफोर्नियामा रहेको सफ्टवेयर कम्पनी गाइडवायर विश्वमा सबैभन्दा खुशी कर्मचारी रहेको दोस्रो प्रविधि कम्पनी बनेको छ । यसले कुल ५ अंकमा ४.५ प्राप्त गरेको छ ।
हबस्पट
सेल्स तथा मार्केटिङ सफ्टवेयर उत्पादन गर्ने यो कम्पनी पनि अमेरिकी कम्पनी नै हो । यसले ४.४ अंक प्राप्त गरेको छ ।
फेसबुक
विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्क फेसबुक आफ्नो कर्मचारीलाई खुशी राख्ने मामिलामा चौथो स्थानमा छ । यसले कुल ५ मा ४.४ अंक प्राप्त गरेको छ ।
लिंक्डइन
सोसल साइट लिंक्डइनले ५ मा ४.४ अंक प्राप्त गरेर पाँचौँ स्थानमा छ ।
गुगल
टेक जायन्ट गुगल आफ्ना कर्मचारीलाई खुशी राख्ने मामिलामा छैटौँ स्थानमा रहेको छ । यसले कुल ५ अंकमा ४.३ अंक प्राप्त गरेको छ ।
जिलो
अनलाइन रियलस्टेट साइट जिलोको मुख्यालय अमेरिकाको सिएटलमा रहेको छ । यसले ५ मा ३.५ अंक प्राप्त गरेको छ ।
वल्र्डवाइड टेक्नोलोजी
अमेरिकाको सेन्ट लुइसमा मुख्यालय रहेको टेक्नोलोजी कन्सल्टिङ कम्पनी वल्र्डवाइड टेक्नोलोजीले ४.३ अंक प्राप्त गरेको छ ।
माइन्डबडी
बिजनेस सफ्टवेयर कम्पनी माइन्डबडी पनि अमेरिकी कम्पनी हो । यसले ४.२ अंक प्राप्त गरेको छ ।
एक्सपेडिया
अनलाइन ट्राभल साइट एक्सपेडियाले कुल ५ मा ४.१ अंक प्राप्त गरी कर्मचारी खुशी रहेको विश्वको दशौँ प्रविधि कम्पनी बनेको छ ।

 

Leave A Comment