संगीतमा फर्किइन् गोमेज

शनिबार, १४ फागुन २०७३, १२ : ०० शुक्रवार , Kathmandu
संगीतमा फर्किइन् गोमेज

गायिका सेलेना गोमेज सांगीतिक क्षेत्रमा फर्किएकी छिन् । केही समयदेखि उनी मानसिक रूपमा विक्षिप्त हुँदै आएकी थिइन् । प्रेमी जस्टिन बिबरसँगको विवाद र लुपस नाम गरेको छालासम्बन्धी रोगका कारण उनी तनावग्रस्त थिइन् । उनलाई डिप्रेसन भएको भन्दै चिकित्सकहरूले उपचार शिविरमा रहन सल्लाह दिएका थिए । शिविरमा बसेपछि आफ्नो आत्मविश्वास फिर्ता आएको भन्दै उनी पुनः सांगीतीक क्षेत्रमा लागेकी थिइन् ।
त्यसको केही महिनापछि उनले नर्वेजियन गायक जिड योगोसँग मिलेर नयाँ गीत ल्याएकी हुन् । ‘इट एन्ट मी’ बोलको गीतमा मदिराको लतले कसरी जीवन बर्बाद हुन्छ भन्ने सन्देश दिइएको छ ।

Leave A Comment