नयाँ लुक भनेकै लामो कपाल

शनिबार, १४ फागुन २०७३, ११ : ५१ शुक्रवार , Kathmandu
नयाँ लुक भनेकै लामो कपाल

 एक जमानामा लामो कपाल राजेश हमालको दर्शक तान्ने मुख्य हतियार थियो ।  यही कारण निर्माता र हमाल दुवै कपाल छोट्याउन मान्दैनथे । हरेक फिल्ममा हमाल एउटै लुक्समा देखिन्थे । पछिल्लो छिमलका कलाकार हमालको ठीक उल्टो गर्न चाहन्छन्, अर्थात् फिल्म फरक, लुक फरक । तर, जति नयाँ गर्न खोजे पनि उनीहरूको प्रयोग हमालभन्दा पर जान  सकेको देखिएन ।  पछिल्लो उदाहरण हुन्, अनमोल केसी । अनमोलले नयाँ फिल्मका लागि छ महिनादेखि कपाल पालिरहेका छन् । कपाल लुकाउन सार्वजनिक कार्यक्रममा ठप्पै हिँड्दैनन् । तर, उनले जति लुकाए पनि उनको कपाल किन लुक्थ्यो ? सबलाई थाहा भइसक्यो, उनले गुप्तवास बसेर बनाएको भनेको कपाल नै रहेछ ।
‘प्रेमगीत’बाट उदाएका प्रदीप खड्का सुटिङअघि मरिगए देखिएनन्  । मुहूर्तको दिन एकैपटक उनको पनि लुक्स बाहिरियो । उनले पनि कपाल लामो बनाएका रहेछन् । हुँदाहुँदा ‘ग्याङस्टार ब्लुज’बाट डेब्यू गर्न लागेका आशीरमान पनि लामो कपाल लिएरै सुटिङका लागि नेपालगञ्ज निस्किएका छन् । अनि, नयाँ फिल्मका लागि पल शाहले पनि कपाल लामै बनाएका छन् ।  नयाँ लुक भनेकै लामो कपाल हो कि के हो ?

Leave A Comment