बुटवलमा घन्कँदै नेपथ्य

शनिबार, १४ फागुन २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
बुटवलमा घन्कँदै नेपथ्य

नेपथ्य ब्यान्डले फागुन १४ गते बुटवलमा कन्सर्ट गर्ने भएको छ । नेपथ्यले बुटबलको कालिका माविको प्रांगणमा कन्सर्ट गर्न लागेको हो । नेपथ्यले यही मैदानमा  सन् २००३ मा पनि ‘सुन्दर शान्त नेपाल’ कन्सर्ट गरेको थियो ।
नेपथ्यले बुटवलमा ‘एकताका लागि संगीत’ नारामा कन्सर्ट गर्न लागेको हो । ‘एस नेपाल’ संस्थाले आयोजना गरेको यो कन्सर्टबाट हुने मुनाफा रकम ‘अभियान नेपाल चाइल्ड होम’को सहयोगार्थ प्रदान गरिने आयोजक सन्तोष टन्डनले बताएका छन् ।
नेपालयको व्यवस्थापनमा हुने कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गिटारमा सुविन, गिटारमा नीरज र मादलमा शान्तिले साथ दिने छन् ।

 

Leave A Comment