फन्दामा कुकुर

शनिबार, ०७ फागुन २०७३, १२ : १० शुक्रवार , Kathmandu
फन्दामा कुकुर

चक्काभित्र फसेको एउटा कुकुरको उद्धार गरिएको छ । घरमालिक काममा व्यस्त हुँदा कुकुर आँगनमा राखिएको कारको चक्कासँग खेल्न पुग्यो । खेल्दाखेल्दै चक्का बीचको खाली भागमा उसको टाउको पस्यो । सजिलै पसेको टाउको बाहिर निकाल्दा चाहिँ निस्किएन । टाउको फँसेपछि कुकुर कराउन थाल्यो । आवाज सुनेर घरमालिक आँगनमा आयो र कुकुरको टाउको निकाल्न थाल्यो । तर, निकाल्न सकेन । आफूले नसकेपछि घरमालिकले आपत्कालीन अधिकारीलाई खबर गरे । घण्टौँ लगाएर आपत्कालीन अधिकारीहरू कुकुरको टाउको चक्काबाट निकाल्न सफल भए ।  ‘धेरै नरिवलको तेल, धैर्य र मेहनतले कुकुरलाई चक्काबाट मुक्त गर्न सफल भइयो,’ आपत्कालीन सेवा प्रदान गर्ने सरकारी निकायले फेसबुक पेजमा चक्कामा कैद कुकुरको तस्बिर सेयर गर्दै लेखेको थियो ।

 

Leave A Comment