भूत बनिन् अनुष्का

शनिबार, ०७ फागुन २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
भूत बनिन् अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्माले अभिनय क्षेत्रमा सफलताको सिँढी चढ्दै गएपछि फिल्मका अन्य विधामा पनि हाल हालेकी छिन् । अभिनयपछि उनी फिल्म निर्माणमा पनि आबद्ध भएकी छिन् । उनले निर्माण गरेको फिल्म ‘फिल्लौरी’ रिलिज हुने सँघारमा छ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ ।
‘फिल्लौरी’ले भारतीय राज्य पञ्जाबमा हुने सामाजिक घटनालाई कथाको विषयवस्तु बनाएको छ । आफैँले निर्माण गरेको फिल्ममा अनुष्का स्वयंले पनि अभिनय गरेकी छिन् । ‘फिल्ममा मैले फरक खालको रोल गरेकी छु । भूत भएर काम गरेकी छु,’ उनले भनिन् ।

 

Leave A Comment