गुनकारी मेथी

शनिबार, ०७ फागुन २०७३, १२ : ०३ शुक्रवार , Kathmandu
गुनकारी मेथी

अनुहार चम्किलो बनाउँछ
भिजाएको मेथी पिसेर दहीमा मिसाई लेप बनाएर अनुहारमा लगाउनाले अनुहार चम्किलो हुन्छ ।

डन्डीफोर हटाउँछ
डन्डीफोर आएर हैरान भएकाहरूले राति मेथीका दाना पानीमा भिजाउने । भोलिपल्ट बिहान त्यसमा अझै पानी थपेर मनतातो बनाउने । पानी सेलाएपछि त्यसमा कपास भिजाएर मुख पुछ्ने ।
 
छालाको सुक्खापन हटाउँछ
पानीमा मेथीको धुलो भिजाउने । लेप बनाएर अनुहारमा लगाउने । आधा घण्टापछि धुने । यसो गर्दा अनुहारको छाला सुक्खा हुँदैन ।
 
कपाल झर्न दिँदैन

मेथीले कपाल झर्नबाट रोक्छ । एउटा सिसाको बट्टामा नरिवल तेल र मेथीका दाना हाल्ने । तीन हप्तापछि त्यस तेलले कपालको मसाज गर्ने । यसो गर्दा कपाल बलियो बन्छ र झर्न पाउँदैन ।

कपाल चम्किलो बनाउँछ
राति मेथीका दाना हालेर पानी उमाल्ने । र, त्यसै राख्ने । बिहान ती दाना पिसेर पेस्ट बनाउने र कपालमा लगाउने । मेथीको पेस्टले कपाललाइ चम्किलो बनाउँछ ।

चाया हटाउँछ
राति मेथीका दाना भिजाइ बिहान पिसेर पेस्ट बनाउने र कपालमा लगाउने । मेथीको पेस्ट कपालको चाया हटाउँछ ।

मधुमेह सन्तुलनमा राख्छ
मेथी खानाले रगतमा चिनीको मात्रा नियन्त्रित रहन्छ ।

हृदयाघातबाट जोगाउँछ
मेथी खाने गर्नाले हृदयाघातको जोखिम कम हुन्छ । मेथी खाँदा मुटु स्वस्थ रहन्छ ।

क्यान्सरको जोखिम घटाउँछ
नियमित मेथी खाँदा क्यान्सर लाग्ने जोखिम कम हुने विभिन्न अनुसन्धानले देखाएका छन् ।

महिनावारीमा राहत दिन्छ
मेथीले महिनावारी भएको बेलामा टाउको दुख्ने, शरीर गल्ने, वाकवाकी लाग्ने समस्यालाई कम गर्छ ।

दूध बढाउँछ
गर्भवती महिलाले मेथी खानु  हुँदैन । सुत्केरीले चाहिँ खानु हुन्छ । सुत्केरीले मेथी खाँदा दूध उत्पादन बढ्छ ।

कोलेस्ट्रोल घटाउँछ
मेथी खानाले रगतमा जम्मा भएको कोलेस्ट्रोलको मात्रा घट्छ ।

बाथरोगीलाई लाभ
बाथ रोगीलाई जोर्नी दुख्ने गर्छ । मेथीमा जलननिरोधी गुण हुने भएकाले यसले दुख्ने पीडालाई कम गर्छ ।

पाचन बलियो बनाउँछ
पेटसम्बन्धी समस्याविरुद्ध मेथीले रामबाणको काम गर्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

वजन घटाउँछ
मेथीको नियमित सेवनले शरीरमा अतिरिक्त बोसो जम्मा हुन दिँदैन । जसले गर्दा वजन बढ्न पाउँदैन ।

मिर्गौला बलियो बनाउँछ
मेथी मिर्गाैलाका लागि पनि लाभकारी छ । यसले मिर्गौलालाई बलियो बनाउँछ र थप बिग्रन दिँदैन ।
 
कलेजो स्वस्थ राख्छ
कलेजोको काम शरीरलाई विकार रहित बनाउने हो । कलेजोमा समस्या आए यसले समग्र स्वास्थ्यमा गम्भीर असर पुग्छ । मेथीले कलेजोसम्बन्धी समस्या निम्तिनबाट रोक्छ ।

 

Leave A Comment