नृत्यमार्फत फिल्म प्रचार

शनिबार, ०७ फागुन २०७३, ११ : १९ शुक्रवार , Kathmandu
नृत्यमार्फत फिल्म प्रचार

बलिउड अभिनेत्री आलिया भट्ट हिजोआज आफ्नो नयाँ फिल्म ‘बद्रीनाथकी दुल्हनियाँ’को प्रमोसनमा व्यस्त छिन् । फिल्म प्रमोसनको सिलसिलामा उनी केही दिनअघि टेलिभिजन शो ‘कफी विद करन’मा अतिथि बनेर पुगेकी थिइन् । प्रमोसनका लागि उनले फिल्मका अभिनेता वरुण धवनसँग स्टेजमा नृत्य गरेकी छिन् ।
गत साता भारतीय शहर मुम्बईमा प्रमोसनका लागि एउटा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दुवै कलाकार सेतो पहिरन लगाएर पुगेका थिए । उनीहरूले ‘तमन्ना तमन्ना अगेन’मा नृत्य गरेका थिए । आलियाले ‘डियर जिन्दगी’, ‘हाइवे’, ‘स्टुडेन्ट अफ द इयर’जस्ता सफल फिल्ममा काम गरिसकेकी छिन् ।

Leave A Comment