मेस्सीले तोडे २२ वर्ष पुरानो कीर्तिमान

शनिबार, ०७ फागुन २०७३, ११ : १८ शुक्रवार , Kathmandu
मेस्सीले तोडे २२ वर्ष पुरानो कीर्तिमान

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी अहिले उत्कृष्ट फर्ममा छन् । बार्सिलोनाबाट प्रायः सबै खेलमा गोल गरेका उनले बार्सिलोनाको २२ वर्ष पुरानो कीर्तिमान पनि तोडेका छन् । मेस्सीले ला लिगामा एथ्लेटिको बिल्बाओसँगको खेलमा फ्रिकिक मार्फत गोल गर्दै फ्रिकिकबाट भएका गोलको २२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यो वर्ष सीधै फ्रिकिकबाट गरेको यो मेस्सीको चौथो गोल थियो । समग्रमा मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म सीधै फ्रिकिकबाट २७ गोल गरेका छन् । र, उनी फ्रिकिकबाट सबैभन्दा धेरै गोल गर्ने बार्सिलोनाका खेलाडी बनेका छन् । यसअघि सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा रहँदा रोनाल्ड कोएम्यानले फ्रिकिकमार्फत २६ गोल गरेका थिए ।

Leave A Comment