महिला उद्यमी व्यापार मेला सुरु

बिहिबार, ०५ फागुन २०७३, ०३ : ५३ शुक्रवार , Kathmandu
महिला उद्यमी व्यापार मेला सुरु

महिला उद्यमी महासंघले दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सञ्चालनमा ल्याएको छ । काठमाडौँको आर्मी अफिसर्स क्लबमा भइरहेको मेला फागुन ३ देखि ७ गतेसम्म चल्नेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा महिला उद्यमीहरूको सीप पहिचान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति नन्दकिशोर पुनले समृद्ध नेपाल निर्माणमा महिला सहभागिता निकै आवश्यक रहेको बताए । महिलाको पहुँच नपुगेसम्म नेपालको कुनै पनि क्षेत्र माथि नउकासिने उनको धारणा थियो ।
महिला उद्यमी महासंघकी अध्यक्ष भवानी राणाले सरकारबाट उचित सहयोग पाएमा महिला उद्यमीहरू अझै अगाडि बढ्न सक्ने बताइन् । ‘स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गर्न सकिन्छ भनेर हामीले देखाइदिएका छाँै,’ उनले भनिन् । उनका अनुसार बंगलादेश, दक्षिण कोरिया, भारत, पाकिस्तान, अफगानिस्तान र फिलिपिन्सका महिला उद्यमीका उत्पादनहरू मेलामा राखिएका छन् । मेलामा स्वदेशी तथा विदेशी महिला उद्यमीका गरी एक सयभन्दा बढी स्टल राखिएका छन् । मेला करिब एक लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

Leave A Comment