‘मिस नेवा पोखरा’को तालिम सुरु

बिहिबार, ०५ फागुन २०७३, ०२ : ०६ शुक्रवार , Kathmandu
‘मिस नेवा पोखरा’को तालिम सुरु

नेवा खलः कास्कीको आयोजनामा हुने ‘मिस नेवाः पोखरा ११३७’ को तालिम सुरु भएको छ । नेवार समुदायका १७ जना युवतीलाई डेढ महिना लामो व्यक्तित्व विकास तथा नेवारी संस्कृतिका बारेमा तालिम दिइने कार्यक्रम संयोजक शम्भूलाल श्रेष्ठले बताए । नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नयाँ पुस्तामा नेवारी संस्कृतिको हस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । पालिखेका अनुसार डेढ महिने तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकासका जीवनोपयोगी ज्ञान मात्रै नभई नेवार समुदायको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महŒव, उपयोगिता र संरक्षणसम्बन्धी ज्ञान दिइनेछ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फागुन २८ गते शनिवार पोखरा सभागृहमा हुनेछ ।

 

Leave A Comment