पूर्वमा पहिलो म्युजिक भिडियो अवार्ड

बिहिबार, ०५ फागुन २०७३, ०२ : ०४ शुक्रवार , Kathmandu
पूर्वमा पहिलो म्युजिक भिडियो अवार्ड

इटहरीबाट प्रसारण हुँदै आएको एरिना टेलिभिजनले पूर्वमा पहिलो पटक म्युजिक भिडियो अवार्ड आयोजना गरेको छ ।
फागुन ६ गते इटहरीस्थित ओसियन पार्कमा वितरण हुने ‘रमपम एरिना म्युजिक भिडियो अवार्ड’का लागि १५ विधामा ७५ जना स्रष्टा मनोनयनमा परेका छन् । उनीहरूलाई काठमाडौँ र इटहरीमा कार्यक्रम आयोजना गरी मनोनयनको प्रमाणपत्र वितरण गरिएको एरिनाका स्टेसन म्यानेजर दीपेन्द्रराज शाक्यले बताए ।
पूर्वमा धेरै स्रष्टा भए पनि हालसम्म यस्तो अवार्ड नभएकाले सबै स्रष्टाको सम्मानका लागि अवार्ड आयोजना गरिएको टेलिभिजनका अध्यक्ष समीर कार्कीले बताए । एसएमएस भोटिङमा विकृति बढेकाले भोटिङ सिस्टम नराखिएको र भरत शाक्य नेतृत्वको निर्णायक टोलीले विजेता छनोट गर्ने आयोजकले जनाएको छ ।

 

Leave A Comment