दोस्रो राजेश हमाल !

बुधबार, ०४ फागुन २०७३, १२ : २० शुक्रवार , Kathmandu
दोस्रो राजेश हमाल !

राजेश  हमालले आफ्नो अभिनय यात्रामा दुवै कुरा भोगे, पोस्टरमा टाउको देखेर दर्शक उर्लने र पोस्टरमा टाउको देखेर दर्शक बिच्कने । दयाहाङ राई आजभोलि हमालले भोगेको पहिलो अवस्थामा छन् । उनको नाममा देशमा वितरक पैसा खन्याउन तयार छन् भने विदेशी बजारमा फिल्म हातहातै बिक्छन् । त्यसका बावजुद दयालाई भने चैन छैन । आलोचकले दयालाई हमालले झैँ ज्यादा फिल्म खेल्न थाल्यो भनेर हैरान पारेका छन् ।  दयाले केही पहिलेसम्म त आफ्नो बचाउ गर्दै आएका थिए । तर, आजभोलि थाकेछन् । हालै, एक अनलाइनसँगको कुराकानीमा उनले आफू हमालझैँ ‘स्टेरियोटाइप’ भएको कुरा मात्र स्विकारेका छैनन्, आफूले गुरुहरू नवीन सुब्बा र अनुप बरालको अपेक्षालाई पूरा गर्न नसकेको पनि बताएका छन् ।
दयाका यो साल मात्र पाँच फिल्म रिलिज भइसके । ‘लुट २’, र ‘लप्पन छप्पन’ रिलिज हुन बाँकी छन् । यसरी वर्षमै आठ÷१० फिल्म रिलिज गर्न थालेपछि दोस्रो राजेश हमाल हैन, पहिलो नै बन्न बेर लाग्दैन ।   

 

Leave A Comment