भीआईपीका रुचि/अभिरुचि

बुधबार, ०४ फागुन २०७३, १२ : १३ शुक्रवार , Kathmandu
भीआईपीका रुचि/अभिरुचि

थेरेसा मेरी मे, बेलायती प्रधानमन्त्री
– पहिरनमा उनी सचेत छिन् । कपालमा लगाउने काँटादेखि जुत्तासम्ममा उनले ध्यान दिने गर्छिन् । चितुवाको छापअंकित हिल जुत्ता उनले पहिलो पटक लगाएकी थिइन् । त्यसपछि त्यस्तो खालको जुत्ता लगाउने लहर बेलायती महिलामाझ चलेको थियो ।
–    जुत्ताको संग्रहमा उनको रुचि  छ । नयाँ ठाउँमा जाँदा उनी नयाँ जुत्ता किनेर मात्रै फर्किन खोज्छिन् ।
–    फेसनमा उनको गहिरो अभिरुचि छ । फेसन डिजाइनरले तयार पारेको पहिरन मात्रै लगाउँछिन् ।
–    फेसनसम्बन्धी पत्रपत्रिका पनि उनी पढ्ने गर्छिन् । फेसनसम्बन्धी म्यागजिन ‘भोग’की उनी नियमित ग्राहक हुन् ।
–    राजनीतिपछि उनको अर्को रुचिको विषय भनेको अर्थशास्त्र हो । राजनीतिमा लाग्नुअघि उनी बैंक अफ इंग्ल्यान्डकी कर्मचारी थिइन् ।
–    पैदल यात्रामा पनि उनको रुचि छ । पहाडी क्षेत्रमा हाइकिङ गर्न पाउँदा उनी असाध्यै खुशी हुन्छिन् ।
–    खाना पकाउनु उनको अर्को सोख हो । उनीसँग सयवटा भन्दा बढी रेसिपीसम्बन्धी किताब छन् ।

 

Leave A Comment