न प्रेम फाप्यो, न फिल्म

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : ४६ शुक्रवार , Kathmandu
न प्रेम फाप्यो, न फिल्म

नम्रता सापकोटामा हिरोइनमा हुने सबै गुण छन् । हेर्नमा राम्री छिन् । अभिनय पनि राम्रै गर्छिन् । नृत्य त झन् उनको विधा नै भइहाल्यो । तैपनि, नम्रताका हातमा फिल्म छैनन् । ‘अन्तराल’बाट डेब्यू गरेकी नम्रताले बीचमा फिल्म खेलिनन् । म्युजिक भिडियोमा फाट्टफुट्ट देखिए पनि उनको ध्यान प्रेममा थियो । मानिसहरू भन्थे प्रेमीकै आग्रहमा नम्रताले फिल्ममा रुचि नदेखाएकी हुन् । नम्रताको फेसबुकमा बेलाबखतमा आउने दुवैका अन्तरंग तस्बिरले पनि मानिसको बयानलाई प्रमाणित गर्थे । तर, पछि बिस्तारै नम्रताको फेसबुकमा नयाँ तस्बिर आउन छाडे । ब्रेकअपको गाइँगुइँ चल्यो । नम्रतालाई प्रेम फापेन ।
त्यसयता नम्रताको ‘ब्रासलेट’ रिलिज भयो । फिल्मले खास व्यापार गरेन तर हेर्नेले उनलाई मन पराए । लगत्तैको हप्ता आयो ‘छक्का पन्जा’ । ‘छक्का पन्जा’ बम्पर हिट भयो । सबले फिल्मको सफलताको क्रेडिट पाएकै छन्, सिवाय नम्रता ।  सामान्यतया फिल्म हिट भएपछि त्यसका मुख्य कलाकार खाली बस्नु पर्दैन । तर, नम्रताले भने नयाँ फिल्म खेल्न लागेको कुरा बाहिर आएको छैन । बिचरीलाई न प्रेम फाप्यो, न फिल्म ।

 

Leave A Comment