सुन्दरताबारे बिपाशा

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : ३८ शुक्रवार , Kathmandu
सुन्दरताबारे बिपाशा

बलिउड अभिनेत्री बिपाशा बसुलाई ‘तपाईं कसरी यति सुन्दर बन्नुभएको ?’ भनी धेरैले सोध्ने गर्छिन् । अहिले आएर उनले यसको जवाफ दिएकी छिन् । प्रेमले आफूलाई यति सुन्दर बनाएको उनको भनाइ छ ।
‘मेरो वरिपरि प्रेमको प्रचुरताले मलाई सुन्दर बनाएको हो,’ उनले भनिन् । एउटा कार्यक्रममा पति करन सिंह ग्रोवरसँग पुगेकी बिपाशासँग सञ्चारकर्मीले उनको सुन्दरताबारे प्रश्न गरेपछि उनले यस्तो जवाफ दिएकी हुन् ।
करनसँग भेट भएपछि प्रेमप्रति बिपाशाको धारणा पुनः सकारात्मक हुन पुगेको हो । यसअघि उनी अभिनेता जोन अब्राहमसँग प्रेममा थिइन् । जोन उनीबाट टाढिएपछि प्रेमप्रति आफ्नो विश्वास टुटेको उनले बताएकी थिइन् ।

 

Leave A Comment