ओछ्यान तताउने पेशा

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : २७ शुक्रवार , Kathmandu
ओछ्यान तताउने पेशा

मानिसले अनेक पेशा अपनाएर गुजारा चलाउने गरेका छन् । २१ वर्षीया रुसी युवती भिक्टोरिया इभाचोयाको पेशा अचम्मको छ । उनले ग्राहकहरूको बेडरुममा गएर ओछ्यान तताइदिनुपर्छ । यसो गरेबापत एक पटकको उनी आठ हजार रुपैयाँजति लिन्छिन् । उनको काम ओछ्यान तताउनमै सीमित हुन्छ । उनले ग्राहकसँग शारीरिक सम्पर्क चाहिँ राख्नुपर्दैन ।
भिक्टोरिया हृष्टपुष्ट र सुन्दर भएकाले उनीसँग ओछ्यान तताइमाग्न धेरैजना आउने गर्छन् । ‘ओछ्यान ततायो भने त्यसमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ । यसरी तताएको ओछ्यानमा सुत्दा राम्रोसँग निद्रा लाग्छ । कतिपयको शरीर यति चिसो हुन्छ कि उनीहरूको ओछ्यान हत्तपत्त तात्दैन । तर, मेरो शरीर न्यानो छ । त्यही भएर ओछ्यान तताउने काम मज्जासँग जमेको छ,’ उनले भनिन् ।

Leave A Comment