बाबुसँग के लुकाइन् बियोन्सले ?

सोमबार, ०२ फागुन २०७३, १२ : ४० शुक्रवार , Kathmandu
बाबुसँग के लुकाइन् बियोन्सले ?

अमेरिकी गायिका बियोन्स बुबा म्याथ्यु नलेससँग असाध्यै निकट छिन् । टेक्सास साउदर्न युनिभर्सिटीमा फिल्म उद्योगसम्बन्धी विषय अध्यापन गराउने बुबासँग बियोन्स हरेक विषयमा सल्लाह लिने गर्छिन् । सबै कुरा बताए पनि बुबालाई आफू गर्भवती भएको विषय भने आफूले नभनेको उनले बताएकी छिन् ।
‘वाकवाकी आएपछि म डाक्टरकोमा गएँ । डाक्टरले जाँचेपछि मलाई ‘बधाई छ’ पो भन्नुहुन्छ । पहिले त मैले कुरै बुझिनँ, किनकि गर्भवती हुन्छु भन्ने एकमनले पनि सोचेकी थिइनँ,’ उनले भनिन् ।
पतिबाट गर्भवती भए पनि यसबारे बुबालाई बताउन अप्ठेरो लागेको उनले बताइन् । ‘त्यही भएर उहाँलाई यो कुरा चाहिँ भनिनँ,’ उनले भनिन् ।  

 

Leave A Comment