पहिले ‘नाइँ नाइँ’ पछि ‘हाई हाई’

सोमबार, ०२ फागुन २०७३, १२ : ३१ शुक्रवार , Kathmandu
पहिले ‘नाइँ नाइँ’ पछि ‘हाई हाई’

‘फिल्ममा अभिनय गर्ने कि नगर्ने ? मिस नेपाललाई पत्रकारले सोध्ने अनिवार्य प्रश्न ।
‘फिल्ममा रुचि छैन । सायद गर्दिनँ होला’ हरेक मिस नेपालले दिने उत्तर ।
पहिलो मिस नेपाल रुबी राणादेखि पछिल्लो समयकी मिस नेपाल अश्मी श्रेष्ठसम्मले दिने उत्तर यही हो । तर, अधिकांश मिस नेपाल आफ्नो बोलीमा अडिएको पाइन्न । कान्छी मिस नेपाल अश्मी श्रेष्ठले पनि हालसालै यसै भनिन् । उनले मोडलिङ र फेसन सो गर्ने तर फिल्म चाहिँ नखेल्ने बताइन् । रुबी राणा, सुमी खड्का, झरना वज्राचार्य, माल्विका सुब्बा, मलिना जोशी, सृष्टि श्रेष्ठले पनि ताजको तातो रहुन्जेल अश्मीले झैँ फिल्म नखेल्ने घोषणा गरेका थिए । तर, ताज चिसो हुन थालेपछि फिल्मको बाटो रोजे । यसको पछिल्लो उदाहरण हुन्, मलिना जोशी र सृष्टि श्रेष्ठ । दुवैलाई मिस नेपाल हुनेबित्तिकै फिल्ममा खेलाउनेको ताँती थियो तर उनीहरूले ‘नाइँ’ भनेर टारे । फिल्ममा त आए, तर ढिलो । यही कारण दुवै गतिलो फिल्म पाउन संघर्ष गरिरहेका छन् । अहिले फिल्मलाई ‘नाइँ’ भनेकी अस्मीले पछि ‘हाइ हाइ’ गरेको देख्न नपरोस् ।

 

Leave A Comment