अन्योलमा जेसिका

आइतबार, ०१ फागुन २०७३, ०१ : ५७ शुक्रवार , Kathmandu
अन्योलमा जेसिका

हलिउड अभिनेत्री साराह जेसिका पार्कर अन्योलमा छिन् । सामाजिक सञ्जालले उनलाई अन्योलग्रस्त बनाएको हो ।
‘सामाजिक सञ्जालमा निजी कुराहरू कुन हदसम्म मात्रै पोस्ट गर्नुपर्छ भन्ने विषयमा म अन्योलग्रस्त छु,’ उनले भनिन् ।  त्यसै गरी, दिनमा कति घण्टा सामाजिक सञ्जालमा बिताउनुपर्छ भन्ने पनि आफूलाई थाहा नभएको उनले बताइन् ।
‘म सामाजिक सञ्जाल र प्रविधिलाई सजिलै ग्रहण गर्दिनँ, किनकि यिनीहरूको उपयोग कुन हदसम्म गर्ने भन्नेबारे अनभिज्ञ छु । सामाजिक सञ्जालमा हुने संवादलाई कसरी सिर्जनात्मक बनाउने भन्नेबारे पनि मलाई थाहा छैन,’ उनले भनिन् ।

Leave A Comment