‘प्रेमले जीवन मीठो बनाउँछ’

आइतबार, ०१ फागुन २०७३, ०१ : ४८ शुक्रवार , Kathmandu
‘प्रेमले जीवन मीठो बनाउँछ’

बा. २ ज २७४४
मनोजकुमार दाहाल

गुरुजीले प्रेम भनेपछि के बुझ्नुहुन्छ ?
विश्वास, सेयर, केयर, यस्तैयस्तै ।
प्रेम गर्नुभएको छ ?
प्रेम गरेरै बिहे गरेको हुँ । बिहे गरेको १० वर्ष हुन लाइसक्यो । दिनदिनै त्यो प्रेम बढ्दैबढ्दै जाँदो रहेछ । अहिले झन् धेरै माया गर्न मन लाग्छ ।
कसरी प्रेम भयो ?
एउटै कक्षामा पढ्थ्यौँ । ८ कक्षा पढ्दा लभ प¥यो । एसएलसी दिएपछि बिहे गरियो ।
प्रेममा ठूलो कुरा के रहेछ ?
विश्वास र समर्पणभन्दा ठूलो कुरा केही छैन । प्रेमले जिउन सजिलो हुँदो रहेछ ।
भ्यालेन्टाइन्स डे मनाउनुहुन्छ ?
स्कुल उमेरदेखि नै भ्यालेन्टाइन्स डेबारे सुन्दै आइयो । हल्का मनाउन पनि खोजियो । अचेल यसो उनलाई गिफ्टसिफ्ट दिएर मनाउँछु ।
श्रीमतीको कुन कुरा सबभन्दा मन पर्छ ?
सरल छिन् । मीठो बोली छ ।
‘यो त सुधारे हुने नि’ जस्तो लाग्ने कुनै बानी ?
कहिलेकाहीँ झनक्क नरिसाइदिए हुन्थ्यो जस्तो लाग्छ ।
तपाईंको कुन बानी उहाँ (श्रीमती) ले धेरै रुचाउनुहुन्छ जस्तो लाग्छ ?
हँसीमजाक गर्ने बानी ।
मन नपर्ने चाहिँ ?
समय दिन नसक्ने ।
कमाइ कति छ ?
आफ्नै ट्याक्सी भएकाले कहिले दिनमा पाँच÷छ हजार पनि कमाइन्छ । कहिले हजार–पन्ध्र सय मात्र हुन्छ ।
कस्ता गीत सुन्न मन लाग्छ ?
लोकगीत । कुनै बेला बद्री पंगेनीको ‘ससुरालीमा’ बहुत सुनियो ।
 

Leave A Comment