टुसा उम्रेका गेडागुडीका फाइदा

आइतबार, ०१ फागुन २०७३, ०१ : २७ शुक्रवार , Kathmandu
टुसा उम्रेका गेडागुडीका फाइदा

ऊर्जा दिन्छ
टुसा उमारेको गेडागुडी ब्रेकफास्टका लागि ज्यादै उपयोगी हुन्छ । टुसा उम्रिएको गेडागुडीमा अलिकति नुन, कागती हालेर बिहान खाँदा शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
पाचनशक्ति बलियो बनाउँछ
टुसा उम्रिएका गेडागुडी खानाले पाचन प्रक्रिया बलियो बन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबरजस्ता तŒव गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।
रोगप्रतिरोधी क्षमता बढाउँछ
टुसा उम्रिएका गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छ । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
रक्तअल्पताबाट जोगाउँछ
टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत समस्याबाट जोगाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियमलगायत उच्च मात्रामा हुन्छन् ।
मांशपेसी बलियो बनाउँछ
टुसा उमारेको गेडागुडीमा शरीरलाई उर्जा प्रदान गर्ने र मांशपेसीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।
वजन घटाउँछ
वजन कम गर्न चाहनेहरूका लागि टुसा उम्रिएको गेडागुडी लाभदायी हुन्छ । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम हुन्छ ।

Leave A Comment