नपछुताउने प्रियंका

आइतबार, ०१ फागुन २०७३, १२ : २६ शुक्रवार , Kathmandu
नपछुताउने प्रियंका

आफूले गरेको कुनै पनि कामप्रति पछुतो गर्ने बानी नरहेको बलिउड अभिनेत्री प्रियंका चोपडाले बताएकी छिन् । कुनै काममा हात हाल्नुअघि राम्रोसँग सोच्ने र हात हालिसकेपछि यसलाई लिएर कहिल्यै नपछुताउने उनले बताइन् ।
‘काम सुरु गरिसकेपछि त्यो सफल अथवा असफल जे पनि हुन सक्छ । असफल भएछ भने पनि म पछुतो मान्दिनँ,’ उनले भनिन् । बरु जीवनलाई फरक ढंगले चुनौती दिने गरी आफू थप अघि बढ्ने उनले बताइन् । ‘एउटा काममा असफल भइएछ भने पछुताउँदै बस्ने मेरो बानी छैन । नयाँ चुनौती वहन गर्न सदैव तत्पर रहने मेरो स्वभाव छ,’ उनले भनिन् ।

Leave A Comment