टाउकोबाट निकालियो जिउँदो साङ्लो

शनिबार, २९ माघ २०७३, १२ : ११ शुक्रवार , Kathmandu
टाउकोबाट निकालियो जिउँदो साङ्लो

भारतीय शहर चेन्नईकी एउटी महिलाको टाउकोभित्रबाट जिउँदो साङ्लो निकालिएको छ । डाक्टरहरूले टाउकोको शल्यक्रिया गरी साङ्लोलाई जिउँदै बाहिर निकालेका हुन् ।
चेन्नईस्थित स्टान्ली मेडिकल कलेज हस्पिटलको ईएनटी (नाक–कान–घाँटी) डिर्पामेन्टका चिकित्सकले टाउकोबाट साङ्ला निकालेका हुन् । डिपार्टमेन्ट प्रमुख एमएन शंकरले भने, ‘म चिकित्सा क्षेत्रमा लागेको ३० वर्ष भयो । यसबीचमा पहिलो पटक यस्तो केस ह्यान्डल गर्नुप¥यो ।’
ती महिला सुतिरहेको बेला उनको नाकबाट साङ्लो भित्र छिरेको थियो । डाक्टरका अनुसार यदि साङ्लो भित्र पुगेर मरेको भए महिलाको ज्यान नै तलमाथि हुन सक्थ्यो, किनकि मरेको साङ्लोले महिलाको दिमागमा ‘इन्फेक्सन’ गराउन सक्थ्यो । साङ्लो महिलाको नाक र मुखको बीचमा पुगेर बसेको थियो ।
‘साङ्लो भित्र पसेर असहज भएपछि उनी अस्पताल आइन् । उनी निकै डराएकी थिइन् । सही समयमै आएकाले साङ्लोलाई बाहिर निकाल्न सकियो,’ डिपार्टमेन्ट प्रमुख शंकरले भने ।

 

Leave A Comment