‘प्रेममा विश्वास चाहिन्छ’

बिहिबार, २७ माघ २०७३, ०१ : ३१ शुक्रवार , Kathmandu
‘प्रेममा विश्वास चाहिन्छ’

बा. १ ह ३८७९
शारदा श्रेष्ठ
गुरुजीको बिहे भएको छ कि छैन ?
बिहे भइसक्यो ।
प्रेम विवाह कि मागी विवाह ?
एसएलसी दिएर बसेका बेला लभ प¥यो । त्यसपछि घरमा उहाँहरू माग्न आउनुभयो । त्यसपछि बिहे भइहाल्यो ।
उहाँसँग कसरी चिनजान भएको थियो ?
उहाँ आन्टीको भाइ पर्नुहुन्छ । त्यस्तै चिनजान भयो । मन मिल्यो । घरजम गरियो ।
मन मिल्न के चाहिँदो रहेछ ?
सबभन्दा पहिला विश्वास चाहिन्छ । हल्का जुराएको पनि हुन्छ क्यारे । एकले अर्कालाई बुझ्ने हो भने मन त्यसै मिल्छ । मन मिलेपछि मात्र खुशी मिल्छ । एकअर्कामा नाना शंका–उपशंका उब्जन थाल्नेबित्तिकै सम्बन्ध त्यसै बिग्रन्छ ।
पढाइ कहाँसम्म पु¥याउनुभयो ?
प्लस टू सकेँ । दुवै जनाले काम गर्नुपर्ने अवस्था आएपछि यतै लागियो ।
श्रीमान् के गर्नुहुन्छ ?
उहाँ पनि गुरुजी नै हुनुहुन्छ । ट्याक्सी चलाउनुहुन्छ । हाम्रो त जोडी नै गुरुजी ।
कति कमाउनुहुन्छ ?
मैले २०–२५ हजार जति कमाउँछु । उहाँले त्यस्तै ४०–५० हजार कमाउनुहुन्छ ।
पुग्दो पैसा कमाउनुहुँदो रहेछ । खुशी हुनुहुन्छ होला ?
एकदम खुशी छौँ । पैसाले मात्र भन्दा पनि खुशी भन्ने कुरा मायाप्रेम र विश्वासले मिल्दो रहेछ जस्तो लाग्छ ।  
यो ट्याम्पू आफ्नै हो ?
भाडाको हो । अब २० वर्ष पुराना गाडी हटाउने कुरा गर्दैछन् । यो हटाए भने के हुन्छ थाहा छैन । सफा ट्याम्पूलाई त नहटाए हुन्थ्यो जस्तो लाग्छ ।
श्रीमान्ले चलाउने ट्याक्सी त आफ्नै होला ?
हो । दुवै जनाले कमाएको पैसा जोडेर किनेका हौँ ।

Leave A Comment