‘घामपानी’को गीत सार्वजनिक

बिहिबार, २७ माघ २०७३, १२ : ०० शुक्रवार , Kathmandu
‘घामपानी’को गीत सार्वजनिक

फिल्म समीक्षक दीपेन्द्र लामाले पहिलोपल्ट निर्देशन गरेको फिल्म ‘घामपानी’को ‘पन्छी’ बोलको गीत सार्वजनिक भएको छ । यो  फिल्मको ‘फस्ट लुक्स’ हो । कालीप्रसाद बास्कोटाको स्वर, शब्द तथा संगीत रहेको गीत आइतवार हाइलाइट्स नेपालको युट्युब च्यानलमा रिलिज भएको हो । भिडियोमा सिन्धुली जिल्लाका रमणीय दृश्य समेटिएका छन् ।
अन्तरजातीय प्रेमकथालाई उठाइएको फिल्मको लेखन पनि लामाकै हो । फिल्ममा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, अमोघ पोखरेल आदि कलाकारले अभिनय गरेका छन् । फिल्म वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

Leave A Comment