लेखिकाको भूमिकामा तब्बु

बुधबार, २६ माघ २०७३, १२ : १७ शुक्रवार , Kathmandu
लेखिकाको भूमिकामा तब्बु

भारतीय लेखिका कमला दासको बायोपिकमा बलिउड अभिनेत्री तब्बुले काम गर्ने भएकी छिन् । यसअघि बायोपिकमा अभिनेत्री विद्या बालनलाई काम गराउने तय भएको थियो । तर, अहिले आएर विद्याको सट्टा तब्बुलाई लिने अन्तिम निर्णय भएको हो ।
‘विद्या बालनले फिल्ममा काम गर्ने तय भएको थियो । तर, उनी के कारण फिल्मबाट अलग भइन् र उनको ठाउँमा तब्बु आइन् भन्ने अझैसम्म खुल्न सकेको छैन,’ समाचारमा भनिएको छ । तब्बु बलिउडकी उम्दा अभिनेत्रीमा गनिन्छिन् । ‘चाँदनी बार’जस्तो सर्वत्र तारिफ गरिएको फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी छिन् भने ओस्कर विजेता फिल्म ‘लाइफ अफ पाई’मा पनि उनले काम गरेकी छिन् ।

Leave A Comment