बोल्टको एउटा पदक खोसियो

बुधबार, २६ माघ २०७३, १२ : ०६ शुक्रवार , Kathmandu
बोल्टको एउटा पदक खोसियो

विश्वकै तीव्र गतिका धावक उसेन बोल्टले ओलम्पिकमा जितेको एउटा स्वर्ण पदक खोसिएको छ । उनको टिमका साथी नेस्टा कार्टरले प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि जमैकाले सन् २००८ को बेइजिङ ओलम्पिकमा जितेको स्वर्ण पदक खोसिएको हो । ४ गुणा १ सय मिटर दौडमा बोल्टसँग दौडिएका चार जना धावकमध्ये ३१ वर्षे कार्टर पनि थिए । बोल्टले बेइजिङमा १ सय मिटर, २ सय मिटर र ४ गुणा १ सय मिटर दौडमा स्वर्ण जितेका थिए ।
बेइजिङ ओलम्पिकको ४ गुणा १ सय मिटर दौडको पदक अब ट्रिनिडाड एन्ड टोबागोलाई प्रदान गरिएको छ । जापान रजत पदकमा बढुवा भएको छ भने ब्राजिलले कास्य पदक पाएको छ । ४ गुणा १ सय मिटर दौडको पदक खोसिएपछि बोल्टले ओलम्पिकमा जितेका स्वर्ण पदकको संख्या आठ मात्र भएको छ ।

 

Leave A Comment