एमाले सम्झिइन् विद्यार्थीकाल

बुधबार, २६ माघ २०७३, १२ : ०१ शुक्रवार , Kathmandu
एमाले सम्झिइन् विद्यार्थीकाल

हलिउड अभिनेत्री एमा स्टोनले स्कुले जीवनबारे बताएकी छिन् । एउटा अन्तर्वार्तामा उनले कसरी स्कुल पढ्दापढ्दै आफू अभिनय क्षेत्रमा प्रवेश गरेँ भन्नेबारे बताइन् ।
‘त्यतिबेला म १४ वर्षकी थिएँ । कक्षा नौमा पढ्थेँ । त्यतिबेला ममा अभिनयको भूत सवार भइसकेको थियो । त्यही भूतका कारण मैले लस एन्जलस गएर अभिनय क्षेत्रमा भाग्य परीक्षण गर्ने निधो गरेँ,’ उनले भनिन् । अभिनयप्रतिको आफ्नो लगावलाई परिवारले समेत साथ दिएको उनले बताइन् । ‘सायद मेरा आमाबाबुलाई अभिनयबिना म अधुरो हुन्छु भन्ने बोध थियो । त्यही भएर मलाई सहयोग गर्नुभयो,’ उनले भनिन् ।

 

Leave A Comment