नाच्ने बिरुवा

बुधबार, २६ माघ २०७३, ११ : ३८ शुक्रवार , Kathmandu
नाच्ने बिरुवा

मानिस र जनावरले नाचेको देख्दै आइएको छ । तर, रूखबिरुवाले नाचेको सुन्दा अचम्म लाग्छ । संगीतको तालमा नाच्ने बिरुवा साँच्चिकै पाइन्छ ।
यसरी नाच्ने बिरुवालाई टेलिग्राफ प्लान्ट अथवा सिमाफोर प्लान्टका नामले चिनिन्छ । यो एसियाको उष्ण क्षेत्रमा पाइने बिरुवा हो । भारत, बंग्लादेश, चीन, लाओस, मलेसिया, पाकिस्तान र थाइल्यान्डमा यो बिरुवा सजिलै पाइन्छ । छेउमा संगीत जोडसँग बज्नासाथ यो बिरुवाका पात मज्जाले हल्लिन थाल्ने भएकाले यसलाई नर्तकी बिरुवासमेत भनिन्छ ।

Leave A Comment