बेलायत जान चाहनेका लागि टिप्स

मङ्गलबार, २५ माघ २०७३, ०१ : ३७ शुक्रवार , Kathmandu
बेलायत जान चाहनेका लागि टिप्स

–बेलायत इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड मिलेर बनेको छ । जसमध्ये स्कटल्यान्डले हालै बेलायतबाट छुट्टिने निर्णय गरेको छ ।
–बेलायतको जनसंख्या करिब ६ करोड १० लाख छ ।
–बेलायत संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र भएको मुलुक हो ।
–बेलायतको मौसम पूर्वानुमान गर्न निकै गाह्रो हुन्छ । छिनछिनमा मौसम परिवर्तन भइरहन्छ ।
–बेलायत जाँदै हुनुहुन्छ भने न्यानो कपडा बोक्न कदापि नबिर्सनुहोला ।
–बेलायत अर्थतन्त्रमा संसारकै छैटौँ स्थान र युरोपमा जर्मनी र फ्रान्सपछि तेस्रो स्थानमा पर्छ ।
–बेलायतको राजधानी लन्डन हो । र, सरकारी कामकाजको भाषा अंग्रेजी हो । तथापि, अन्य क्षेत्रीय भाषाहरू स्कट्स, अल्सटर–स्कट्स, स्कटिस ग्यालिक, वेल्स, कर्निस र आइरिस पनि बोलिन्छ ।
–सन् २०११ को तथ्यांकअनुसार बेलायतमा ८७.१ प्रतिशत गोरा, सात प्रतिशत एसियन, तीन प्रतिशत काला, दुई प्रतिशत मिश्रित र ०.९ प्रतिशत अन्य जातिको बसोबास छ ।
–बेलायतमा काम गर्ने इजाजतसहित प्रवेशाज्ञा स्वीकृति भएमा मात्र काम गर्न पाइन्छ ।
–विद्यार्थीको हकमा स्नातकोत्तर वा त्यसभन्दा माथि अध्ययनका लागि प्रवेशाज्ञा भएमा साताको २० घण्टा काम गर्न पाइन्छ । स्नातकोत्तरभन्दा तल्लो तहमा अध्ययन गर्नेले सातामा १० घण्टा मात्र काम गर्न पाउँछन् ।
–पर्यटक या अन्य प्रकारको भिसा भएका व्यक्तिलाई काम गर्ने अनुमति हुँदैन ।
–मौसमी कृषि कामदार योजना र खाद्यान्न प्रशोधनसम्बन्धी क्षेत्रगत योजनाका लागि पहिले केही तेस्रो मुलुकका नागरिकलाई खुला गरिएकोमा हाल बुल्गेरिया र रोमानियाका नागरिकका लागि मात्र आरक्षण गरिएको छ ।
–हाल काठमाडौँस्थित बेलायती राजदूतावासले प्रवेशाज्ञा जारी गर्दैन । प्रवेशाज्ञासम्बन्धी निवेदन संकलन गरी प्रवेशाज्ञा जारी गर्नका लागि दिल्ली पठाइने गरिन्छ ।
–बेलायत खुला अर्थनीति भएको मुलुक हो । त्यहाँको बजार निकै प्रतिस्पर्धात्मक छ । रोजगार र कामदारबीच पूर्णकालीन, आंशिक, निश्चित अवधि करार, एजेन्सी कामदार, परामर्शदाता, पारिवारिक सदस्य, स्वयंसेवक, युवा कामदारजस्ता विभिन्न प्रकारका करारमा सेवा र शर्त सहितको सम्झौता हुने गर्छ । कामदारले कामको क्रममा विश्राम, बिदा, सट्टा बिदा पाउने प्रावधान छ । कामदारले साताको ४८ घण्टाभन्दा बढी काम गर्नु पर्दैन ।
–२१ वर्ष र सोभन्दा बढी उमेरका कामदारका लागि सरकारले न्यूनतम ज्याला प्रतिघण्टा ६.३१ पाउन्ड तोकेको छ ।

 

Leave A Comment