‘निहुँ खोजेर चिट काट्छन्’

मङ्गलबार, २५ माघ २०७३, १२ : ४० शुक्रवार , Kathmandu
‘निहुँ खोजेर चिट काट्छन्’

बा.३.ख ४७३६
चालकः झरिन्द्र मगर

के छ गुरुजीको खबर ?
बाँचिएकै छ भनौ न ।
घर कता प¥यो ?
सिराहा ।
कुन रुटको गाडी चलाइन्छ ?
बागबजारदेखि भक्तपुरसम्मको ।
कति भयो ड्राइभिङ गर्न थालेको ?
भयो सात वर्ष ।
कसरी आइयो ड्राइभिङमा ?
पढ्न सकिनँ । नपढेपछि एउटा सीप चाहिँ सिक्नुपर्छ भन्ने लाग्यो । त्यही सीप सिक्न भौँतारिदाभौतारिदै यो लाइन समातियो ।
कामबाट सन्तुष्ट हुनुहुन्छ नि ?
सन्तुष्टै छु ।
कमाइ कस्तो छ ?
यति नै भन्न सकिन्न । कहिले बढी हुन्छ कहिले घटी ।
भनेपछि घरखर्च चल्छ ?
मज्जाले चल्छ ।
गाडी चाहिँ साहूको कि आफ्नो ?
आफ्नो त कहाँबाट हुनु नि साहुको हो ।
आफ्नो किन्ने सोच छैन ?
त्यो भनेको भविष्यको कुरा हो । गाडी चलाउँदाचलाउँदै बिस्तारै किनिएला नि ।
दिनको कति ट्रिप भ्याइन्छ ?
चार टिपजति भ्याइन्छ ।
फुर्सदमा के गर्नुहुन्छ ?
नुहाइधुवाइ गर्ने, परिवार र साथीहरूसँग घुम्न जाने यस्तै–यस्तै ।
गीतसंगीत सुन्नुहुन्छ ?
सुन्छुु नि । गीत नसुन्ने नि मान्छे हुन्छ र !
कस्ता खालका गीतसंगीत सुनिन्छ ?
नारायण गोपालका पुराना–पुराना गीत निकै सुन्छु । रामकृष्ण ढकाल र अन्जु पन्तका गीत पनि उत्तिकै सुन्छु ।
फिल्म कत्तिको हेरिन्छ ?

हेर्छु ।
कस्ता फिल्म हेरिन्छ ?
कमेडी फिल्म बढी हेर्छु ।
हिरोहिरोइन को मन पर्छ त ?
आर्यन सिक्देल र नन्दिता केसी ।
यो क्षेत्रमा नआएको भए के बनिन्थ्यो होला ?
पढ्न पाइएन । पढेको भए बिजनेस म्यान बन्थेँ होला ।
ट्राफिक नियमबारे के भन्नु हुन्छ ?
ट्राफिक नियम मान्छु, मान्नु पनि पर्छ । तर, कहिलेकाहीँ चाहिँ ट्राफिकले अनावश्यक दुःख दिन्छन् । उनीहरूको धुन नै चिट कति खेर काटौँ भन्ने हुन्छ । गल्ती नै नभए पनि निहुँ खोजेर चिट काट्छन् कहिलेकाहीँ त ।
कति पटक परियो त ट्राफिकको फन्दामा ?
तीन/चार पटक परिसकँे नि ।
आगामी योजना के छ ?
खासै केही छैन । यही गाडी लाइनमा नै जीवन बित्छ होला ।

 

Leave A Comment