भीआईपीका रुचि/अभिरुचि

मङ्गलबार, २५ माघ २०७३, १२ : ३५ शुक्रवार , Kathmandu
भीआईपीका रुचि/अभिरुचि

नवाज सरिफ, पाकिस्तानी प्रधानमन्त्री
–    सरिफको भान्छामा मीठो खाना पाक्ने गर्छ भनेर धेरैले भन्ने गर्छन् । उनका भारतीय समकक्षी नरेन्द्र मोदीले समेत उनको भान्छामा पाक्ने खानाको प्रशंसा गरेका थिए । प्रधानमन्त्री भएपछि पाकिस्तान गएका मोदीलाई सरिफले घिउमा भुटेको साग, तरकारी, दाललगायत शाकाहारी खानाले सत्कार गरेका थिए । मोदीले पनि सरिफको भान्छामा पाकेको खानाको प्रशंसा गरेका थिए ।
–    अतिथिलाई सत्कार गर्दैगर्दा बीचमै गम्भीर राजनीतिक सन्देश दिन पनि सरिफ माहिर छन् । आफ्नो सरकारी निवासमा अतिथि बनेर पुगेका मोदीलाई उनले कश्मिरी चिया खुवाएर कश्मिर मामिलामा आफ्नो अडान व्यक्त गरेका थिए ।
–    उनी स्वयं पनि खानाका पारखी हुन् । पाकिस्तानमा प्रचलित परिकार कोरमा र बिरयानी उनले सबैभन्दा बढी रुचाउने परिकार हुन् ।
–    ‘फुड डिप्लोमेसी’मा माहिर मानिने उनी चिनियाँ परिकार पनि असाध्यै रुचाउँछन् ।
–    उनी पाकिस्तानी संगीतसँगै भारतीय संगीतका पनि पारखी हुन् । लता मंगेशकर र मोहम्मद रफी उनले सबैभन्दा बढी रुचाएका भारतीय गायकगायिका हुन् ।
–    व्यापारिक घरानामा जन्मिएका उनको राजनीतिपछिको अर्को ठूलो सोख व्यापार हो । उनी पाकिस्तानका सबैभन्द धनी नेता हुन् ।
–    क्रिकेट उनको सबैभन्दा मन पर्ने खेल हो । क्रिकेट खेल्न र हेर्न भनेपछि उनी भुतुक्कै हुन्छन् । केही खाँदै क्रिकेट खेल्न उनलाई औधी रमाइलो लाग्छ ।
–    सरिफ कुनै समय क्रिकेट खलाडी थिए । पाकिस्तानमा भएको फस्र्ट क्लास म्याचसमेत उनले खेलिसकेका छन् ।
–    सन् १९९३ मा जिम्बावेमा भएको कमनवेल्थ नेसनहरूको सम्मेलनमा आयोजना भएको नेताहरूको मैत्रीपूर्ण क्रिकेटसमेत उनले खेलेका थिए । उनी ३६ रन ल्याएर अन्तिमसम्म मैदानमा टिकेका थिए ।
–    सरिफ चुरोट र रक्सी खाँदैनन् । उनी कफी पिउन चाहिँ रुचाउँछन् ।
–    उनलाई सबैभन्दा मन पर्ने नेता हुन्, पाकिस्तानका राष्ट्रपिता मोहम्मद अली जिन्ना ।

 

Leave A Comment