फिल्मभन्दा प्रेमको चर्चा बढी

मङ्गलबार, २५ माघ २०७३, १२ : ३२ शुक्रवार , Kathmandu
फिल्मभन्दा प्रेमको चर्चा बढी

पाँच महिनापछि बल्लबल्ल ‘जोनी जेन्टलमेन’को सुटिङ सकियो । निर्माताले राहतको लामै सास फेरेको हुनुपर्छ । सुटिङ सकिएको खुशी सेयर गर्न निर्माताले पत्रकारलाई पनि बोलाए । निर्मातालाई लागेको थियो होला–  पत्रकारले फिल्मको विशेषताका बारेमा सोध्छन्, फिल्म हाइलाइट हुन्छ । तर, पत्रकारलाई आजभोलि  अरूको फिल्मको भन्दा आफ्नै युट्युब च्यानलको टेन्सन बढी छ । त्यसैले उनीहरू यस्तो चिज खोजिरहेका हुन्छन्, जसले आफ्नो भिडियो भ्युज बढाओस् । ‘जोनी जेन्टलमेन’मा फिल्मका बारेमा गर्ने कुरा धेरै नै थिए तर तिनमा कसैको चासो रहेन । चासो रह्यो त पल शाह र आँचल शर्माको प्रेमको । पत्रकारले घुमाइफिराई दुवैका प्रेमका किस्सा सोधे र सोही अनुसार समाचारका हेडलाइन बनाए ।
‘जोनी जेन्टलमेन’मा फिल्म हैन पल र आँचलको प्रेमको चर्चा हाबी भयो । उनीहरूले आफूहरू प्रेममा परेको स्विकारेका त छैनन्  तर दुवैको ‘बडी ल्यांग्वेज’ले इन्कार पनि गरेको देखाउँदैन । फिल्म चल्नलाई फिल्मको नाम थाहा हुनपर्छ ।  यसको ‘कन्टेन्ट’को चर्चा हुनुपर्छ । तर, चर्चा भयो त केवल प्रेमको । कतै, यही प्रेम चर्चाले फिल्म असफलताको कारण नबनोस् ।  

 

Leave A Comment