भावुक भइन् सुस्मिता

मङ्गलबार, २५ माघ २०७३, १२ : २६ शुक्रवार , Kathmandu
भावुक भइन् सुस्मिता

बलिउड अभिनेत्री सुस्मिता सेन अहिले फिलिपिन्सको राजधानी मनिलामा छिन् । यसपालि मनिलामा हुने ‘मिस युनिभर्स’ प्रतियोगिताको जज हुन उनी त्यहाँ पुगेकी हुन् । मनिलामा पुगेर भावुक भएकी उनले आफ्नो भावना सामाजिक सञ्जालमार्फत सेयर गरेकी छिन् । सुस्मिताले सन् १९९४ मा ‘मिस युनिभर्स’को ताज पहिरिएकी थिइन् । त्यतिबेला पनि मिस युनिभर्स पेजेन्ट मनिलामै आयोजना भएको थियो । ‘यो ¥याम्पमा हिँड्ने कसैको जीवन अब सदाको निम्ति बदलिँदैछ, जसरी वर्षौंअघि मेरो बदलिएको थियो । यो ¥याम्पमा हिँड्नेमध्ये कसैले आफ्नो देशका लागि एउटा गौरवशाली क्षण दिलाउँदैछ,’ एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेकी छिन् ।

 

Leave A Comment