घर मर्मतमा व्यस्त टेलर

मङ्गलबार, २५ माघ २०७३, १२ : १८ शुक्रवार , Kathmandu
घर मर्मतमा व्यस्त टेलर

पपगायिका टेलर स्विफ्टले हालसालै एउटा भव्य बंगला किनेकी छिन् । घर सुन्दर बनोस् र पछिसम्म मानिसले यसलाई सम्झिरहून् भन्ने उनले चाहेकी छिन् । त्यसैले अहिले उनी घरको मर्मतसम्भारमा लागेकी छिन् ।
 
सन् १९३४ मा बनेको पुरानो बंगला उनले खरिद गरेकी हुन् ।  घर मर्मत गर्न अहिले उनी मन खोलेर खर्च गरिरहेकी छिन् । आफ्नो घरलाई उनी ‘ल्यान्डमार्क’ घोषित गर्न चाहन्छिन् । यसबारे उनले स्थानीय सरकारी अधिकारीहरूसँग समेत छलफल गरिसकेकी छिन् र उनीहरूबाट उनले सकारात्मक जवाफसमेत पाइसकेकी छिन् । उनको घर अमेरिकी शहर लस एन्जलसको बेभर्ली हिल्स क्षेत्रमा छ । घरलाई ‘ल्यान्डमार्क’का रूपमा स्वीकार गर्न ‘बेभर्ली हिल्स कल्चरल हेरिटेज कमिसन’ले समेत सहमति जनाएकाले उनी यसमा लागिपरेको समाचारमा जनाइएको छ ।

 

Leave A Comment