बलिउडमै खुशी सोनाक्षी

मङ्गलबार, २५ माघ २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
बलिउडमै खुशी सोनाक्षी

बलिउडबाट हलिउडमा फड्को मारेर प्रियंका चोपडा र दीपिका पादुकोणले सर्वत्र चर्चा बटुलिरहेका छन् । यस्तोमा अभिनेत्री सोनाक्षी सिन्हालाई पनि त हलिउडमा काम गर्न मन लाग्दो हो !
तर सोनाक्षी भन्छिन्, ‘मलाई त्यस्तो रहर छैन । म बलिउडमै खुशी छु ।’ प्रियंका र दीपिकाको कामबाट आफू प्रसन्न भएको उल्लेख गर्दै उनले भनिन्, ‘मलाई चाहिँ हलिउडतिर पाइला राख्ने प्रेरणा अहिलेसम्म मिलिसकेको छैन । अहिले म जे गरिरहेकी छु, त्यसबाट सन्तुष्ट छु,’ उनले भनिन् ।

Leave A Comment