वचनकी पक्की पोर्नस्टार

मङ्गलबार, २५ माघ २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
वचनकी पक्की पोर्नस्टार

इटालीमा हालसालै जनमतसंग्रह भयो । संविधानमा परिवर्तन गर्ने÷नगर्ने विषयमा जनमतसंग्रह भएको थियो । इटालीको मौलिकतालाई कायम राख्न संविधानमा परिवर्तन आवश्यक छैन भन्ने पक्षमा थिइन्, इटालीकी पोर्नस्टार पावला साउलिनो ।
संविधान संशोधनको विपक्षमा मतदान गर्न उनले इटालीवासीसमक्ष आह्वान गरिन् । उनले घोषणा गरिन्, ‘यदि तपाईंहरूले संशोधन हुनु हुँदैन भन्ने पक्षलाई जिताउनुभयो भने म संशोधनको विपक्षमा मतदान हाल्ने सबैसँग पालैपालो सेक्स गर्छु ।’
नभन्दै उनले समर्थन गरेकै पक्ष जनमतसंग्रहमा विजयी भयो । वचनकी पक्की उनले वचन पूरा गर्न देश दौडाहा सुरु गरिसकेकी छिन् । ‘अहिलेसम्म चार सय जनासँग सेक्स गरिसकेँ । एउटै विचार बोक्नेहरूसँग सेक्स गर्न रमाइलो हुँदो रहेछ । बाँकीसँग पनि म सेक्स गर्छु । गरेको वाचालाई खेर जान दिने खालकी केटी होइन म,’ २७ वर्षीया उनले भनिन् ।
बाँकीसँग सेक्स गर्दा कन्डम लगाउने कि नलगाने भन्ने फैसला भने आफूले गर्ने उनले बताइन् । ‘मैले कन्डम लगाउनुपर्दैन भने ठीकै छ, नत्र यो कुराको अन्तिम निर्णय गर्ने जिम्मा मेरो हुनेछ,’ उनले भनिन् ।

Leave A Comment