सन्नीले गरिन् शाहरुखको तारिफ

सोमबार, २४ माघ २०७३, ०१ : ३५ शुक्रवार , Kathmandu
सन्नीले गरिन् शाहरुखको तारिफ

बलिउड अभिनेत्री सन्नी लियोनीले बलिउड अभिनेता शाहरुख खानलाई उत्तम पिताको संज्ञा दिएकी छिन् । शाहरुखसँग फिल्म ‘रइस’मा सँगै काम गर्दा उनको पितृत्वबारे आफू जानकार हुन पाएको उनले बताएकी छिन् । ‘रइस’को एउट गीतमा सन्नीले नृत्य गरेकी छिन् ।
‘फिल्मको छायांकन जारी रहँदा बीचबीचमा उहाँले छोराछोरीलाई समय दिइरहेको म देख्थेँ । त्यस्तो समर्पित भएर काम गरिरहँदा पनि छोराछोरीको ख्याल राखेको देखेर म छक्क परेँ,’ उनले भनिन् । छायांकन स्थलमा रहेका शाहरुखका सन्तानसँग पनि आफूले भेट गरेको उनले बताइन् । ‘उनीहरू बुबासँग ज्यादै मिल्दा रहेछन्,’ सन्नीले भनिन् ।

 

Leave A Comment