अँगालो मारेर लाखौँ कमाइ

सोमबार, २४ माघ २०७३, ०१ : १३ शुक्रवार , Kathmandu
अँगालो मारेर लाखौँ कमाइ

अँगालो मारेरै कसैले लाखौँ कमाइ गर्छ भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ ।  तर, अमेरिकी राज्य टेक्सासकी एउटी युवतीले अपरिचित मानिसहरूलाई अँगालो मारेर बर्सेनि लाखौँ डलर कमाउँदै आएकी छिन् ।
यसरी कमाइ गर्ने महिला हुन्, ३७ वर्षीया जेनेट त्रेविनो । उनको जागिर भन्नु नै अपरिचित मानिसलाई कसेर अँगालो मार्नु हो । वर्षौंदेखि कसैको माया स्नेह नपाएका मानिसहरू उनीकहाँ आउँछन् । तिनीहरूलाई उनी प्रेमपूर्ण भावका साथ अँगालो मार्छिन् । यसरी अँगालो मारेबापत उनी प्रतिघण्टा आठ हजार रुपैयाँभन्दा बढी असुल्छिन् ।
पैसा तिरेर उनीसँग अँगालो मार्न थुप्रै मानिस आउने गर्छन् । ७० जनाजति त आफ्ना नियमित क्लाइन्ट भएको उनी बताउँछिन् । ‘अँगालो मार्नेबाहेक मैले थप सेवा  दिने गरेको छैन । मानिसहरू स्नेहका भोका हुन्छन् । प्रेमपूर्वक अँगालो मार्नेलाई उनीहरू राम्रो रकम दिन पनि हिचकिचाउँदैनन्,’ उनले भनिन् ।

 

Leave A Comment