मोदीलाई सोनमको अपिल

सोमबार, २४ माघ २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
मोदीलाई सोनमको अपिल

बलिउड अभिनेत्री सोनम कपुरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ट्वीटरमार्फत अपिल गरेकी छिन् । हालसालै फिल्म निर्माता सञ्जय लीला भन्साली र उनको फिल्म निर्माण युनिटमाथि भएको आक्रमणको विरोध गर्दै समाजमा व्याप्त असहिष्णु प्रवृत्तिलाई निरुत्साहित गर्न उनले प्रधामन्त्री मोदीसँग अपिल गरेकी हुन् ।
भारतको जयपुरमा भन्सालीको नयाँ फिल्म ‘पद्मावती’को छायांकन भइरहेको थियो । छायांकनस्थलमा एउटा जत्थाले आक्रमण गरी भन्सालीसहित फिल्म निर्माण युनिटका अन्य सदस्यमाथि हातपात गरेको थियो ।
‘प्रधानमन्त्रीज्यू, कलामाथि कुनै प्रकारको नियन्त्रण र बन्देज हुँदैन । गणतन्त्र दिवस मनाएको दुई दिनपछि यस्तो घटना घट्छ भने योभन्दा दुःखदायी कुरा अर्को हुन सक्दैन । बिन्ति, यसविरुद्ध कदम चालिदिनुस् !’ ट्वीटरमा उनले लेखेकी छिन् ।

 

Leave A Comment