चिलको हवाईयात्रा

सोमबार, २४ माघ २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
चिलको हवाईयात्रा

साउदी अरबका राजकुमारले आफ्ना ८० वटा चिललाई हवाईयात्रा गराएका छन् । एउटा फ्लाइटमा उनले आफ्ना ८० वटा चिलका लागि त्यति नै वटा हवाईजहाजको सिट बुक गरेर हवाईयात्रा गराएका हुन् । यद्यपि, उनले कुन एयरलाइन्सको प्लेजनमा चिललाई हवाईयात्रा गराए भन्ने कुरा खुलेको छैन । समाचारमा चिललाई हवाईयात्रा गराउने राजकुमारको नाम पनि उल्लेख छैन ।
अरब क्षेत्रमा चिलको सांस्कृतिक महŒव उच्च छ । चिललाई चर्को मूल्य तिरेर खरिद गर्न अरब क्षेत्रका धनाढ्य मरिहत्ते गर्ने गर्छन् । अरब राष्ट्र यूएईले त चिलहरूका निम्ति पासपोर्ट नै जारी गर्ने गरेको छ । यो पासपोर्टवाहक चिलले मालिकको साथ बहराइन, कुवेत, जोर्डन, कतार, साउदी अरब, पाकिस्तान, मोरक्को र सिरिया भ्रमण गर्न सक्छ । चिल यूएईको राष्ट्रिय पक्षी पनि हो ।

 

Leave A Comment