रणोद्दीपसिंहको वधको मिति

सोमबार, २४ माघ २०७३, ११ : २८ प्रा. दिनेशराज पन्त , Kathmandu
रणोद्दीपसिंहको वधको मिति

श्री ३ रणोद्दीपसिंहको वध उनका भतिजाहरूद्वारा वि.सं. १९४२ मार्ग ९ गते भएको हो । यो कुरा प्रसिद्धै छ । वि.सं. २०२८ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा २५ पूर्णाङ्कमा छापिएको नयराज पन्तको श्री ३ महाराज रणोद्दीपसिंह भन्ने लेखमा यो कुरा सप्रमाण लेखिएको पनि छ । यसो भए तापनि अशुद्ध कुरा लेखिइरहेको पनि छ । यसको उदाहरणको रूपमा काठमाडौँबाट गोरखापत्र संस्थानद्वारा प्रकाशित वि.सं. २०६८ माघ २४ गतेको गोरखापत्र १११ वर्ष २७० अङ्कको ७ पृष्ठमा छापिएको पुरुषोत्तम बस्नेतको समसितको एक पीडादायक क्षण भन्ने लेखमा वि.सं. १९४२ मङ्सिर ६ गते राति धीरशमशेरका धीरशम्शेरका छोरा सत्र भाइ राणाजीले सहोदर काका रणोद्दीप सिंहको हत्या गरे भनी लेखिएकोलाई देखाउन सकिन्छ ।
 

Leave A Comment