आहा–रारा उपाधि मनाङ–मस्र्याङ्दीलाई

बिहिबार, २० माघ २०७३, ०१ : ०५ शुक्रवार , Kathmandu
आहा–रारा उपाधि मनाङ–मस्र्याङ्दीलाई

आहा–रारा गोल्ड कपको उपाधि लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले जितेको छ । तीन वर्षअघिको बदला लिँदै मनाङ–मस्र्याङ्दीले सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो । पोखरा रंगशालामा शनिवार भएको फाइनलमा कमल श्रेष्ठले गरेको गोल नै मनाङले १५ औँ संस्करणको उपाधि जित्न काफी भयो । १२ औँ संस्करणमा सहाराले मनाङ–मस्र्याङ्दीलाई १–० ले हराउँदै उपाधि कब्जा गरेको थियो । त्यसको बदला मनाङले यो वर्ष लियो ।
२०५८ को क्याराभान गोल्ड कपसहित मनाङले आहा–रारा गोल्ड कपमा फाइनल खेलेको दशौँ पटक हो । १५ औँ संस्करणको उपाधि जितेसँगै मनाङ आहा–रारामा पाँच पटक उपाधि जित्न सफल भयो । साविक विजेता मनाङसँग हारेसँगै दोस्रो पटक घरेलु मैदानमा उपाधि उचाल्ने आयोजक सहाराको सपना अधुरै रह्यो । विजेता मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार जित्यो । उपविजेता सहाराले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो । मनाङका लागि विजयी गोल गरेका कमल म्यान अफ दी म्याच भए ।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी सुजित गुरुङले स्कुटर पुरस्कार पाए । उत्कृष्ट गोलकिपर पनि सुजित नै बने । मनाङका कमल उत्कृष्ट रक्षक भए । मनाङकै सुजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर बने । कर्णले ३ गोल गरेका थिए । सहाराका शिव सुवेदी उत्कृष्ट स्ट्राइकर घोषित हुँदा सहाराकै किरण श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए । फेयर प्लेको उपाधि झापा ११ ले जित्यो । पाँच विधामा उत्कृष्ट हुनेले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता झापा ११ का कर्ण लिम्बू भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

 

Leave A Comment