सेरेना र फेडेररलाई अस्ट्रेलियन ओपन

बिहिबार, २० माघ २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
सेरेना र फेडेररलाई अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन टेनिसकोे पुरुष एकलतर्फको उपाधि स्विट्जरल्यान्डका रोजर फेडेररले जितेका छन् ।  नवौँ वरीयताका स्पेनिस खेलाडी राफेल नाडाललाई ३–२ सेटमा हराउँदै ३५ वर्षे फेडेररले उपाधि जितेका हुन् । पाँचौँ पल्ट अस्ट्रेलियन ओपन जितेका फेडेररको यो १८ औँ ग्रान्डस्लाम उपाधि हो । उनी सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी पनि हुन् । उनले सात वर्षपछि अस्ट्रेलियन ओपन जितेका हुन् । सन् २०१२ मा विम्बल्डन जितेका फेडेररले त्यसयता कुनै पनि ग्रान्डस्लाम जितेका थिएनन् ।
त्यस्तै, फाइनलमा आफ्नै दिदी भेनसलाई हराउँदै अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले महिलातर्फको उपाधि जितिन् । यो उनको २३ औँ ग्रान्डस्लाम उपाधि हो । ३५ वर्षे उनले योसहित सात–सात पल्ट अस्ट्रेलियन ओपन र विम्बल्डन, तीन पल्ट फ्रेन्च ओपन र छ पल्ट यूएस ओपनको उपाधि जितेकी छिन् ।

 

Leave A Comment