म्याडोनाविरुद्ध सिन्डी

बिहिबार, २० माघ २०७३, १२ : ३३ शुक्रवार , Kathmandu
म्याडोनाविरुद्ध सिन्डी

पपगायिका सिन्डी लाउपेरले अर्की गायिका म्याडोनाको विचारको विरोध गरेकी छिन् । हालसालै म्याडोनाले महिलाहरूको एउटा जुलुसलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेकी थिइन् । म्याडोनाले भाषणमा व्यक्त गरेको भन्दा पृथक् विचार आफूले राख्ने गरेको सिन्डीले बताएकी हुन् ।
‘म्याडोनाले गरेको भाषणले लक्षित उद्देश्य हासिल गर्छ जस्तो मलाई लाग्दैन । उनले आक्रोशित भएर भाषण गरेकी थियन् । तर, आक्रोशले काम गर्छ जस्तो मलाई लाग्दैन । यदि मानिसको मानसिकता परिवर्तन गर्नु छ भने रिसाएर हुँदेन, तपाईंले आफ्नो वास्तविक भोगाइ सेयर गर्नुपर्छ,’ उनले भनिन् ।

Leave A Comment