युद्धसम्बन्धी फिल्म नरुचाउने जेनिफर

बुधबार, १९ माघ २०७३, ०१ : १४ शुक्रवार , Kathmandu
युद्धसम्बन्धी फिल्म नरुचाउने जेनिफर

युद्ध धेरैलाई मन पर्दैन । तर, यससम्बन्धी फिल्ममा काम गर्न अथवा यस्ता फिल्म हेर्न भने धेरैलाई रमाइलो लाग्ने गर्छ । बलिउड अभिनेत्री जेनिफर अनिस्टनलाई चाहिँ युद्धसम्बन्धी फिल्ममा काम गर्न पटक्कै मन पर्दैन ।
हुन त उनले निर्देशक एलेक्सान्द्रे मुर्सको फिल्म ‘द यल्लो बड्र्स’मा काम गरिसकेकी छिन् । यो फिल्म अमेरिकाले आतंकवादविरोधी युद्धका नाममा इराकमा गरेको हमलासँग सम्बन्धित छ । यही फिल्ममा काम गर्दा आफूलाई युद्धसम्बन्धी फिल्म धेरै कठिन लागेको उनी बताउँछिन् ।
युद्धसम्बन्धी फिल्म हेर्दा अथवा यसको पटकथा पढ्दा युद्धभूमिमा ज्यान गुमाउने मानिसका परिवार सम्झिएर आफू दुःखी हुने गरेको उनले बताइन् । ‘यस्ता फिल्म भरिसक्के हेर्न नपरोस् जस्तो लाग्छ,’ उनले भनिन् ।

 

Leave A Comment