महिला स्वास्थ्यबारे स्कार्लेट

बुधबार, १९ माघ २०७३, १२ : १५ शुक्रवार , Kathmandu
महिला स्वास्थ्यबारे स्कार्लेट

हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनले महिलाको स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गरेकी छिन् । गत साता अमेरिकी राजधानी वासिङ्टन डीसीमा आयोजित महिलाहरूको जुलुसलाई सम्बोधन गर्दै उनले महिलाको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेकी हुन् ।
किशोरावस्थामा प्रवेश गर्नासाथ महिलालाई स्वास्थ्यसम्बन्धी जटिलता आउने र यससम्बन्धी उचित परामर्श र उपचारको अभावमा धेरैले समस्या भोग्ने गरेको उनी बताउँछिन् । ‘म १५ वर्षको छँदा मैले मेरी आमालाई मेरो जीवनमा आएको परिवर्तनबारे बताएँ । त्यतिबेला म पहिलो पटक महिनावारी भएकी थिएँ,’ उनले भनिन्, ‘त्यतिबेला मेरी आमाले ‘तिमीले महिला स्वास्थ्य हेर्ने डाक्टरसँग सम्पर्क ग¥यौ ?’ भनी सोध्नुभएको थिए । वास्तवमा मैले डाक्टरलाई भेटेर त्यतिबेला परामर्श लिएकी थिएँ ।’
तर, स्वास्थ्यसम्बन्धी ठूला समस्यामा समेत महिलाले डाक्टरको परामर्श लिन नसक्ने अवस्था संसारका विभिन्न भागमा अझै विद्यमान रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

 

Leave A Comment